१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

१५, जेष्ठ, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई बुधबार (आज) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उपाधि प्रदान गरेको हो ।
विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।
लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई उक्त उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्ने अबसर पाएको भन्दै मानार्थ उपाधि सिंगै मुलुक र जनताको सम्मानको रुपमा आफूले लिएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*