४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

प्रधानमन्त्री अस्पताल भर्ना : एपेन्डिसाइटिस देखिए पछी अपरेसनको तयारी गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस देखिएको छ ।
एपेन्डिसाइटिस देखिए पछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।
अहिले प्रधानमन्त्री ओलीको अपरेसनको तयारी गरिएको सेन्टरका डा. अरुण सायमीले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल लगिएको थियो । उनको स्वाथ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिए पछि अप्रेशनको तयारी अगाडी बढाईएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका थिए । ओलीको पुन केहि समय यता मृगौलामा समस्या आएपछि ४ पटक नेपालमै डायलायसिस समेत गराइसकिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*