८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक आज, संसद बैठक राख्न विपक्षी दलले माग गर्ने

प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि सघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । प्रधानमन्त्रीले पछिल्‍लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन ।

देशमा कोरोना संक्रमणको मार खेपिरहेको छ भने अर्कातिर राजावादीहरुले आन्दोलन चर्काइरहेका छन् । केही समययता राजावादीहरूले देशका विभिन्‍न ठाउँमा आन्दोलन गरिरहेका छन् । सत्तारुढ नेकपाभित्र पनि विवाद चर्कंदो छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको फरक(फरक राजनीतिक प्रस्ताव सचिवालयमा नटुंगिएपछि स्थायी कमिटीमा पुगेको छ । पटक(पटक सचिवालय बैठक छलेका प्रधानमन्त्री ओलीले आइतबार बसेको स्थायी कमिटी पनि छलेका थिए ।


यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अन्य प्रतिपक्ष दलको सहयोगमा सरकारका असफलताका बारेमा कडा रुपमा सर्वदलिय बैठकमा उठाउने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरिसकेको छ । साथै कांग्रेसले मंसिर १७ गते तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारले गरेको दुब्र्यवहारमा विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग पनि राख्नेछ ।

साथै कोरोनाको नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथिति बढ्दै जाँदा राजावादी समुहहरुलाई बल पुगेको निष्कर्ष पनि कांग्रेस लगायतका प्रतिपक्ष दलको छ । साथै कांग्रेस लगायका दलहरुले यी सवै विषयको छलफल गर्ने बैधानिक थलो संसदलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको बैठक बोलाउन माग गर्ने बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*