७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश भएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शंसेर जवराको एकल इजलासले यस रिटलाई पनि संवैधानिक ईजलासमा पठाउने निर्णय भएको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले बताए ।
अब पहिल्यै संवैधानिक इजलासमा तोकिएका ११ वटा र १९ गरी ३० वटा रिट निवेदनको शुक्रबारदेखि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
त्यस्तै विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ ।
विपक्षी दलहरूसहितको उक्त निवेदनको शुक्रबार सुनुवाइ हुने समेत पौडेलले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*