१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्रतिनिधिसभा विघटनबारे सभामुखले पूर्व सभामुखहरु संग राय लिए ।

प्रतिनिधिसभा विघटनबाट उत्पन्न परिस्थीतिबारे पूर्व सभामुलहरुले आज काठमाडौंमा छलफल गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा आफुले खेल्नुपर्ने भुकिकाका बिषयमा पूर्वसभामुखहरू संग छलफल गरेका हुन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफमा पूर्वसभामुख रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सहभागी भएका थिय । भने पूर्वसभामुख तारनाथ रानाभाट भर्चुअल माध्यमबाट बैठकमा सहभागी जनाए ।
प्रधानमन्त्री के.पि.ओली निकट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने छलफलमा सहभागी नभएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार राति प्रतिनिधिसभा विघटन गरे पछि उत्पन्न परिस्थीतिमा यो छलफले सभामुखको भुमिकाका बिषयमा महत्वपुर्ण सुझाव आउने अपेक्षा गरिएको छ ।

सभामुख सापकोटाले यसअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटनको विरोध गरिसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*