१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजे

प्रधानमन्त्री केपी ओलीले विघटन गरेपछि सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको बैठक फागुन २३ गते दिउँसो ४ बजे बस्नेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार १३ दिनभित्रै संसद अधिवेशन बोलाइएको छ । संसद बैठक सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*