८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

प्रचण्ड र माधव नेपाल ओलीको साक्षी बसेकाले संसद भंग भयो : डा शेखर कोइराला


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले असंवैधानिक तबर प्रतिनीधिसभा विघटन हुनुका दोषी पुष्पकमल दाहाल र माधव नेपाल पनि भएको स्पष्ट पारेका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङको साधारण सभालाई बिराटनगरमा उदघाटन गर्दै कोइरालाले प्रधानमन्त्री केपी ओलीले प्रतिनीधिसभा विघटन गर्नु अगाडि चालेका असंवैधानिक कदमलाई सर्मथन गरेकाले दाहाल र नेपाल पनि दोषि भएको बताए ।

उनले ओलीका असंवैधानिक कदमलाई दाहाल नेपालले बेलैमा रोक्न सकेको भए अहिले यो अवस्थामा मुलुक पुगेको बताए । कोइरालाले ओलीले सत्ताको बागडोर सम्हालेदेखि नै भष्टाचार असंबैधानिक निर्णय गर्दै आएको बेला दाहाल र नेपाल साक्षी बसेको अहिलेको अवसथा आएको बताए ।

उनले प्रतिनीधिसभा विघटनको मुद्दा मुलुकका लागि संवेदनशिल विषय भएकाले देशलाई अन्योलताबाट अन्त्य गर्न सर्वोच्च अदालतले जति सक्यो छिटो फैसला गर्नुपर्ने बताए । नेता कोइरालाले प्रतिनीधिसभा विघटनको मुद्दामा अदालतलाई जति सक्यो छिटो फैसला दिन आग्रह गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*