१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

प्यासीको एकल साँझ, मन्त्रमुग्ध भए दर्शक

उद्घोषकले ‘के भुल भयो प्रिया म संग बोल्दिनौ” भन्ने पहिलो गीत प्रस्तुत गर्दैछन मेरा साथि नरेन्द्र प्यासीले भनेर उद्घोष गर्नासाथ हुटिङ र तालिको गड्गडाहट सुरु भयो । लगतै एकै छिन हल भित्र सन्नाटा छायो । त्यतिबेला सियो भुईमा खसेको भए पनि आवाज सुनिन्थ्यो होला । जसबेला प्यासीले पहिलो गीत गाउने सुर कस्दै थिए ।
फागुन ९ गते बेलुका करिब ६ वजेको थियो । राष्ट्रिय नाजघर जमल काठमडौको मेघा प्रेक्षालयको कुर्सि खचाखच दर्शकले भरिएको थियो । कृष्णहरी बरालका शव्द, बिपिन दिप्विनको संगितमा गायक नरेन्द्र प्यासीले चर्चित आफ्नो पहिलो गीत गाय । ताली र हुटिङले प्रेक्षालय थर्कियो । उनको गीत सुनेर श्रोता दर्शक मन्त्रमुग्ध भए । लगतै आनन्द अधिकारीको शव्द, आशिष अविरलको संगितमा रहेको “तिमिले दिने माया अजम्वरी छ भने, गंगाको पानी जस्तै चोखो छ भने” बोलको गीत सुनाए । प्यासीलाई उक्त गीतमा गायिका शिला विष्टले साथ दिएकी थिईन् । त्यसपछि क्रमै संग तिमि बिनाको जिवन, म तिम्रो मान्छे बन्न सकिन हुदै प्रदेशिदाको पिडा समेटिएको काठमाडौ छुट्यो भन्ने
गीत गरि जम्म १४ ओट गीत प्रस्तुत गरेका थिए गाएक प्यासीले । त्यस मध्य २ ओटा गजल थिए । “मैहेफिलमा आज देखिन उनलाई हालत खराव छ”, संगित स्वयम गायक प्यासी र शव्द महेश्वर पन्तको रहेको योे गजलमा दर्शकको वान्समोर आएको थियो । गीतमा चर्चित गायक बिपिन घिमीरे र आकाश थापाले साथ दिएका थिए । अतिथी र दर्शकको माग अनुसार गायक प्यासीले “के भुल भयो प्रिया म संग बोल्दिनौ” भन्ने गीतलाई पुःन गायर कार्यक्रमको बिट मारेका थिए ।
नेपाल साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल र जनता टेलिभिजने संयुक्त रुपमा नरेन्द्र प्यासीको गायन् एकल साँझ कार्यक्रमको आयोजना गरेको थियो । गीतकार यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न एकल साँझमा सैयौें दर्शकको उपश्थिती थियो ।
कार्यक्रमको जनता टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो । विगत ४ दशक देखि गायन क्षेत्रमा सक्रिय गायक प्यासी केहि बर्ष यता अमेरीका बस्दै आएका छन् । सुगम संगितका हस्ति प्यासी अमेरीका बसेकोमा स्रोता गुनासो गर्छन् । लामो समय देखि सुगम संगितमा लागेर महत्वपुर्ण योगदान पुरयाएको भन्दै एकल साँझको आयोजना गरि गायक प्यासीलाई सम्मान गरिएको संस्थानका महा–प्रवन्धक राजेश थापाले बताए । आगामी दिनमा पनि यस्ता सर्जकहरुलाई निरन्तर सम्मानित गर्दै जाने योजना समेत रहेको महा–प्रबन्धक थापाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*