१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पोखराको फेवाताल नजिकैका पाँचवटा रेष्टुरेन्टमा आगलागी

कास्की पोखराको फेवाताल किनारमा रहेका पाँचवटा रेष्टुरेन्टमा आगलागी भएको छ ।
आगलागीमा परि ताल किनारमा रहेका पाँटवटै रेष्टुरेण्ट जलेर नष्ट भएका छन् ।
सोमाबार बिहान झडै ३ बजे देखि आगलागी भएको स्थानीयले बताएका छन् । स्थानीय र प्रहरीको सक्रियतामा ३ घन्टा पछि बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट रेष्टुरेन्टको झण्डै डेढ करोड भन्दा बढी धनमालको क्षति भएको बैदामकी प्रहरी प्रमुख डीएसपी चिनिमाया तामाङले बताईन् ।
आगलागीको कारण भने खुलेको छैन । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*