१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

इन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

६ विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बिद्यार्थी संगठनले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल (क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकाय संग परामर्श गरेर आवश्यक निर्णय लिने अश्वासन दिएको बिद्यार्थी नेताहरुले बताएका छन् ।
पेट्रोलियम पदार्थमा भएकोे मूल्य वृद्घिले सर्वसाधारणलाई अप्ठेरो परेको भन्दै सरकार संग मूल्य बृद्धि फिर्तालिन विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*