५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर तत्कालका लागि हटाउन डा शेखरको माग

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर तत्कालका लागि हटाउनुपर्ने बताएका छन् । शुक्रवार सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले कर हटाउनुपर्नेमा जोड दिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म सरकारले कर लिन नहुने उनको भनाइ छ ।

डा कोइरालाले सामाजिक संजालमा लेखेका छन्–‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु। २५.२३ को आधा रु। १२.६२ गरी जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघट्दा सम्म नलिने निर्णय गरोस् ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*