१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

पुष्पवृष्टि सहित शान्तिका प्रतिक सेता परेवा उडाएर संविधान दिवस मनाईयो ।

आज असोज ३ गते सरकारले काठमाडौंको टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाएको छ ।
संविधान दिवस मुलसमारोह समितिको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईएको हो ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, विशिष्ट व्यतित्व सुरक्षा अंगका प्रमुखल गायतकाको सहभागीता थियो ।
यस अवसरमा विभिन्न क्षेत्रका प्रतिनिधीहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए, भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रर्यट, कवज तथा सैन्य कौसल प्रदर्शन गरे ।
नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतिक मानिने सेतो परेवा उडाएर दिवस मनाईएको थियो ।
दिवसको आवसरम सरकारले सम्पूर्ण नेपाली नागरिकलाई घरघरमा दीपावली गर्न तथा नेपालको झण्डा फहराएर संविधान दिवस मनाउन आव्हान गरेको छ ।
२०७२ असोज ३ गते संविधान सभाबाट जारी भएकोले यस दिनलाइ हरेका बर्ष संविधान दिवसका रुपमा मनाउँदै आईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*