५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

पार्टी र सरकारी निकायबाट स–परिवार कारवाहीमा सिन्धुलीका माननीय !


नेकपा माओवादी केन्द्रभित्र बाहुबली र अध्यक्ष प्रचण्डको परिवारको चाकडिका भरमा वरिष्ठ नेता हरिबोल गजुरेलको टिकट खोसेर सिन्धुलीबाट सांसद भएका राजन दाहाल सिन्धुली माओवादी र सरकारी निकायको कारवाहीमा परेका छन् ।


प्रचण्डभन्दा सिनियर र समकक्षी नेताहरु ईश्वरी दाहाल (असारे काका),सीपी गजुरेल,हरिबोल गजुरेललगायतका नेताहरुले निर्माण गरेको सिन्धुलीको माओवादी संगठन राजन दाहालको गुण्डागर्दीका कारण समाप्त भएको निष्कर्षसहित दाहाललाई सिन्धुलीको जिम्मेवारीबाट मुक्त गरि अहिले तारकेश्वर नगरपालिकाको जिम्मेवारी दिइएको छ ।


विगतमा राजमार्गमा ढाट राखेर फिरौती उठाउने गरेको आरोपसमेत लागेका माननीय राजन दाहालको अहिले भने क्रसर उद्योगमा लगानी छ । उनले इस्काभेटरहरू भाडामा लगाएका छन् । सोही काममा परिचालित मुन्द्रेहरूले राजन दाहालको उक्साहटमा पार्टीको औपचारिक कार्यक्रममा अमर्यादित र अराजक हर्कत देखाएपछि उनी कारवाहीमा परेका हुन् ।


माओवादी केन्द्र मरिण गाउँपालिका कमिटीले राजन दाहालकी पत्नी एवम् सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल सहित राजन दाहालको गुटमा रहेका कारवाहीमा परेका छन् । पार्टीको तीन महिने अभियानमा काठमाण्डौको तार्केश्वर नगरपालिका खटाइएका राजन दाहाल आफ्नो कार्यक्षेत्रमा काम नै नगरी पुरै शक्ति सिन्धुली केन्द्रित गरेका छन ।

पार्टी अभियानमा सिन्धुली आएका नेताहरुलाई असफल सावित तुल्याउन लागि परेको नेताहरु बताउँछन् । उनको यस किसिमको अराजक र अराजनितिक हर्कतले आजित भएपछि स्थानीय मरिण गाउँपालिका कमिटीले दाहाललाई कारबाहीको माइन्युट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको एक माओवादी नेताले बताए ।


अध्यक्ष प्रचण्डकी छोरी रेणुको दबाबका कारणले केन्द्रीय सदस्य बन्न सफल भएका राजन दाहालले रेणुकै दबाबमा हरिवोल गजुरेलको टिकट खोसेर सिन्धुलीबाट माननीय भए । राजनले प्रचण्ड र उनको परिवारको चाकडि गर्नका लागि कतिसम्म गर्दछन् भन्ने कुरा प्रचण्डपुत्री गंगा दाहालले बोक्ने ब्यागको मुल्यका बारेमा विवाद हुँदा त्यो व्यागको मुल्य २० हजार माथि भए आफुले सांसद पदबाट राजीनामा गर्ने बताएका थिए ।


पार्टीको कारवाहीको सिफारिस गरेकै बखत राजनलाई सरकारी निकायबाट पनि कारवाही जस्तै अवरोध भएको छ । राजन दाहालको अहिले भने क्रसर उद्योगले जथाभावि गिट्टी बालुवा निकालेपछि मरिण गाउपालिकाले सुचना जारी गर्दै कारवाहीको चेतावनी दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*