५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

पाँच दलिय गठबन्धन स्थानीय चुनावलाई मात्र होइन, प्रदेश र आम चुनावसम्म जान्छ : वरिष्ठ नेता पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउनका लागि भएकाले अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने बताएका छन् । तनहुँको व्यास नगरपालिको विजय ¥यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायीत्व दिएर मुलुकलाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउनका लागि परिवर्तनका पक्षधर पाँच दलका बीचमा गठबन्धन भएको दोहो¥याए ।

उनले व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धीको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गरेको भन्दै आभार व्यक्त गरे । पौडेलले व्यवस्थालाई स्थायी बनाउने, विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टचार मुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको स्पष्ट पारे ।

उनले सत्तारुढ गठबन्धनमा आवद्ध परिवर्तनका पक्षधरहरुको अभियान नेपाललाई समृद्ध बनाउने र नेपाललाई बचाउने अभियान भएको पनि बताए । उनले स्थानीय चुनावमा व्यास नगरवासीले गरेको मेहनेत र सफलतामा नगरपालिकाको भविश्य जोडिएको भन्दै विजयी नेताहरुलाई जनताको विश्वासलाई कहिल्यै टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*