१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

४, बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतालाई अवरोध र निस्तेज बनाउने काम अगाडी बढेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बुधवार जारी एक बिज्ञप्तीमा पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको भन्दै रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जनाएको छ ।
बिज्ञप्तीमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी गर्न माग गरिएको छ ।
महासंघका महासचिव रमेश विष्टद्वार हस्तक्षरित जारी विज्ञप्ति अनुसार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने देखि गृह र सञ्चार मन्त्रालयमा विरोध पत्र बुझाउनेसम्मका कार्यक्रम रहेका छन् ।
बिरोधका कार्यक्रम अनुसार बिहिबार देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमा महासंघको शाखाबाट ९ः३० देखि १०ः३० सम्म एक घण्टा पत्रकारहरूले धर्ना दिने छन् ।
साथै लगतै बस्ने महासंघको केन्द्रीय समिति बैठकले अन्य थप आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्ने महासचिव विष्टले जानकारी दिए ।
पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेको भन्दै गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको छ ।
गिरीलाई बिद्युतिय कारोबार ऐन लागाई काठमाडौं जिल्ला अदालतले तीन दिन म्याद थपेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*