१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

पढेर हैन परेर उत्कृष्ठ कृषि उद्यमी पुरस्कार पाएका गुल्मीका झविलाल पाण्डे

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ४ सेउघाका झविलाल पाण्डेय अहिले ४३ बर्षका भए । गाउँघरमा झविलाल सफल र प्रेरणदायि कृषका रुपमा चिनिन्छन् ।
सानो उमेरमा वुवाको निधन पछि हलो कुटो कोदालो समाई बाबुको बिडो थामेका पाण्डे आफना दुई भाई, १ बहिनी र आमाको पालनपोषण गर्दै वालापन कटेको थियो ।
पण्डेले तम्घासकै महेन्द्र मा.वि.मा कक्षा १० सम्म पढेका छन् । पढ्ने लेख्ने उमेरमा वुवा गुमाए पछि उनको पढाई लेखाईमा बाधा पुग्न गयो र तम्घासकै गोमराज श्रेष्ठको पसलमा काम गर्न थाले । पसलमा काम गर्दा गर्दै पाण्डेले जिवनका धेरै सुख, दुःखलाई बुझे ।
पारिवारिक आर्थिक कमजोरीले गर्दा पढ्न नपाएको र त्यसैमा साहुको सिमित पैसकाको लागि गरिएको जागिरले जिवन निर्वाहमा निकै कठिनाई हुने झविलालको अनुभव छ ।
साहुकोे जागिर संगै साहुको प्रेरणाले आफुलाई थप जिवन जिउन नयाँ उपाए र हौसल्ला पनि पाएको झविलाल बताउँछन् ।
गोमाराजको पसलमा ७ वर्षको जागिर पछि दुखःसुखमा भए पनि सानो लगानीमा आफै व्यापार साथै कृर्षि व्यवसाय सुरु गरेको उनको भनाई छ ।
झविलाललाई कृर्षि व्यवसाय संचालनकै दौरानमा व्यवयासलाई थप मजबुत तथा विस्तार गर्नको लागि आर्थिक आवश्यकता महसुस भइरहेको थियो ।
ऋण काढेर भए पनि व्यवसाय बढाउने सोच बनाइरहेका पाण्डेले त्यसै क्रममा गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड सँगको सम्पर्कमा पुगेका थिए । युवा तथा साना व्यवसायी स्वारोजगरा कोषका गुल्मी सहजकर्ता जिवन ज्ञवालीबाट युवा स्वरोजगार कार्यक्रम बारे थाहा पाएको उनि बताउँछन् ।
सुरुमा झविलाललाई ऋण पाइएला भन्ने आश नै थिएन् । कृषि व्यवसाय बारे आफ्नो योजना सुनाएपछि उनले स्वरोजगार कोषको रु. दुई लाख ऋण पाउन सफल भए । यही सानो ऋणबाट सुरु भएको पाण्डेको कृर्षि व्यवसाय अहिले फस्टाएको मात्र छैन यही व्यवसाय नै अहिले उनको गतिलो आम्दानीको स्रोत बनिरहेको छ ।
मेहनत र लगनशीलता भए नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका पाण्डले सुरुमा ४ रोपनी जग्गामा तरकारी खेति सुरु गरेका थिए । उनले अहिले २० रोपनी भन्दा धेरै जग्गामा तरकारी खेती गरीरहेका छन् । तरकारी खेतिबाट मनग्य आम्दानी पनि लिइरहेका झविलाल भन्छन् ।
सुरुमा सानो लगानी र त्यसबाट भएको सम्पुर्ण आम्दानीलाई व्यवसाय विस्तारमै लगानी गरेका झविलाल अवसर पाए नेपाली युवाले आफ्नो देशमै राम्रो गर्न सक्ने कुरा बताउँछन् ।
उर्जायुक्त समय खाडीको मरुभूमिमा पसिना बगाएर समाप्त पार्नु भन्दा नेपालमै केहि गर्न युवाहरुलाई सल्लाह समेत दिन्छन उनि ।
सानो रकमबाट तरकारी व्यवसाय सुरु गरेका पाण्डेले यतिबेला ३ जना कामदार समेत राखेको छन् । उनले अहिले आफनो अधिकाशं समय कृषि तथा तरकारी व्यवसायमा लगाएका छन् । बार्षिक भण्डै ४ लाख ५० हजार सम्म आम्दानी हुने गरेको उनि बताउँछन् ।


गाउँ समाजमा झविलालले गरेको तरकारी खेति देख्दा सवै दंग पर्छन । उन्नत किसिमको तरकारी खेति र बेमौषमी तरकारी खेति गर्न सल्लाह लिनेलाई उनि सल्लाह पनि दिदै आएका छन् ।
समाज परिर्वतन र बढ्दो विदेशमुखी मोहलाई स्वदेशमै केही गरौं र गरे के सफल हुँदैन भन्ने सन्देश दिन व्यवसायीक कृषि पेशालाई अंगालेको झविलालको भनाई छ ।
कृषि व्यवसायलाई सानो लगानीबाटै सुरुवात गरेका पाण्डेले गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लि.बाट युवा स्वरोजगार कोषको ऋण प्राप्त गरी कृर्षि व्यवसाय थाले पछि आफ्नो आर्थिक तथा समाजिक जिवन स्तर नै परिवर्तन भएको झविलाल पाण्डेको अनुभव छ ।
सहकारीका ऋणीहरुले ऋणको सदुपयोग गरे नगरेको युनाइटेड बचत तथा ऋण सहकारी संस्था लि.ले निरन्तर अनुगमन गर्दै आएको छ ।
धेरै ऋणी मध्य झविलालले गरेको कृर्षि कर्म युवा पुस्ताको लागि प्रेरणादायी रहेको गुल्मी युनाइटेड साकोसका अध्यक्ष गुणानिधि शर्मा पाण्डेले बताए । गुल्मी युनाइटेड साकोसले हरेक वर्ष उत्कृष्ट कृर्षि उद्यमी सम्मान गर्दै आएकोमा झवि पाण्डे समेत उत्कृष्ट कृर्षि उद्यमीबाट पुरस्कृत भइसकेको पनि साकोसका अध्यक्ष शर्मा पाण्डेले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*