११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

न राजतन्त्र फर्कन्छ अब न कांग्रेसले कम्युनिष्टसंग सहकार्य गर्छ : महामन्त्री कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए ।

उनले कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता भएपछि हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्न सकिने बताए । तर मुलुकमा कुनै पनि स्वरूपमा राजतन्त्र आउन नसक्ने उनको भनाई थियो । महामन्त्री कोइरालाले कांग्रेस अब कहिल्यै कम्युनिस्टसँग सहकार्य गरेर अघि नबढ्ने पनि स्पष्ट पारे ।

२०४६ सालमा कांग्रेसले कम्युनिस्टसँग सहकार्य गरेर एमालेलाई मुलुकमा दोस्रो शक्तिका रूपमा स्थापित गराउनु ठूलो भूल भएको उनले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*