३ जेष्ठ २०८१, बिहीबार  |  16 May 2024,Thursday
Ad

नेपाल बन्यो एसीसी प्रिमियर कप क्रिकेटको बिजेता, आउँदो सेप्टेम्बरमा एसिया कप खेल्ने


नेपाल एसीसी प्रिमियर कप क्रिकेटको बिजेता बनेको छ ।
मंगलबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधी जितेको हो ।
यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई दिएको १ सय १८ रनको लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेटाउन सफल भयो ।
रोमाञ्चयुक्त खेलमा गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाका थिए ।
यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए ।
त्यस अवसरमा यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।
यो जितसँगै नेपाल आउँदो सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा खेन्ले अवसर प्राप्त गरेको छ ।
एसिया कप छानोट संगै नेपाल पाकिस्तान, भारत जस्ता क्रिकेट खेलका अव्वल राष्ट्रहरु संग खेल्ने अवसर पाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*