८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

नेपाल बन्दको प्रभाव मध्यम, बन्दकर्ताले केहि स्थानमा रचनात्मक कार्य गरे

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले मंगगलबार (आज) गरेको नेपाल बन्दको प्रभाव मध्यम परेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्ययवृद्धिको विरोध उत्रिएका (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले केहि स्थानमा तोडफोड तथा आगजनी गरेका छन् ।
ललितपुरमा बन्द कर्ताले बा ५ ख ८७५५ न.को साझा बसमा तोडफोड गरेका छन् । ललितपुरको इटि चोक नजिकै साझा बस तोडफोड गरेका हुन् ।
बन्द गराउँदै हिडेका केहि यूवालाई प्रहरीले पक्राउ समेत गरेको छ । काठमाडौंको बिभिन्न स्थानबाट २१ जना र ललितपुरबाट एक जना बन्द कर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बन्द कर्ताले बिहानै देखि पसल बन्द गराउँदै हिडेका छन् । काठमाडौंमा एक आध ट्याक्सी तथा टेम्पो चलेका छन् । उपत्यका बाहिर पनि मोटर साईकल तथा सामान्य फाट्ट फुट्ट गाडीहरु चलेका छन्


उता दाङमा बन्द कर्ताले मूल्य बृद्धिको बिरोधमा रचनात्मक कार्यक्रम गरेका छन् । सडकमा बन्द गराउन हिडेका समुहका कार्यकर्ताले सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा सक्रिय देखिए । उनिहरुले सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम समेत गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*