१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेपाल प्रहरीको आइजीपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले यही माघ २९ गते बुधबारबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि त्यस स्थानमा ज्ञवालीलाई नयाँ आईजीपीको रुपमा नियुक्त गरिएको हो ।
स्वच्छ क्षबिका मानिएका ज्ञवाली डिआईजीका रुपमा एक नम्वरमा थिए । भने तारिणीप्रसाद लम्साल दोस्रो र सूर्य उपाध्याय तेस्रो नम्वरमा थिए ।
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका ठाकुर २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीको सेवा प्रवेश गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*