८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा आजबाट ऋणपत्र विक्री खुला

नेपाल इन्भेस्टमेन्ट बैंकले आजदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।  जसमा १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागेको हो ।

 आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।  ऋणपत्र निष्कासन बन्द मिति माघ २० रहेको छ यस अवधिमा ऋणपत्र आवेदन कम परेमा माघ ३० गतेसम्म रहने छ ।

इच्छुक आवेदकले सी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन गर्न सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*