१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेपाल आइडल सिजन ४ का निर्णायक फेरिए, आइडलको डिजिटल अडिसन सुरु

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४ को निर्णायकहरु परिवर्तन भएका छन् ।
सिजन ४ को निर्णायकमा सम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तन रहने निर्णय भएको निर्माण पक्षले जनाएको छ । भने शोको होस्टमा आशिफ शाह र को–होस्टमा रेश्मा घिमिरे रहने रहने छन् ।
यस अघि तेस्रो सिजनमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक भुमिकामा रहेका थिए ।
साथै आइडलको डिजिटल अडिसन भदौ १ बाट सुरु भएको छ । अडिसन भदौ ३१ सम्म दिन सकिने आयोजकले जनाएको छ ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गरी अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ ।
अडिसन दिनेले आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।
डिजिटल अडिसनमा पास भएकाहरुले फिजिकल अडिसनमा भागलिन पाउने छ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुनपाउने निर्माण पक्षको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*