५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

काँग्रेस संसदीय समिति गठन, महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मा सभापतिलाई

नेपाली काँग्रेसको कार्यसम्पादन समितिको आजको बैठकले संसदीय समिति बनाएको छ ।
बैठकले १३ पदाधिकारी सहित बरिष्ठ नेता रामचन्द्र पौडेललाई समितिमा राखेर समिति निर्माण गरेको हो ।
पार्टीको विधानअनुसार सभापति स्वतः, संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको महामन्त्री हुने व्यवस्था छ ।
त्यस्तै कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य हुनेछन् भने सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले सदस्यमध्ये बढीमा ११ जना सदस्य तोक्न व्यवस्था छ ।
तर आज सभापति देउवाले वरिष्ठ नेता पौडेलको नाम मात्र प्रस्ताव गरेका थिए ।
संसदीय समितिको आजको पहिलो बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई नै सुम्पिएको छ ।
संसदीय समितिको निर्णयलाई आजै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको नेताहरुले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*