१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

नेपालमा पनि कोरोना विरुद्ध खोपको परीक्षण गर्न पाईने बाटो खुल्यो

अब देखि नेपालमा पनि कोरोना विरुद्धको खोपको परीक्षण गर्न पाईने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदकोे बैठकले विदेशमा उत्पादन, अध्ययन र परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने बाटो खोलिदिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको बताए ।
सरकारको यो निर्णयले नेपालमा कोरोना बिरुद्धको खोप पाउने विषय पनि सहज हुने समते सदस्य सचिव ज्ञवालीको भनाई छ ।
परिक्षण गर्न आउने खोप उत्पादकले जुनकुनै देशको जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा यसलाई सकारात्क लिनु पर्ने समेत उनको भनाई छ ।
यस अघि नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता रोग बिरुद्धको परिक्षण सफल भएको समेत ज्ञवालीले बताए ।
नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेकोले यहि आषाढ १७ र १८ गते काठमाडौंमा बृहद सम्मेलन गर्न लागिएको पनि डा.ज्ञवालीले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*