८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

नेपालमा आफै स्वरोजगार बन्न सकिन्न भन्नेलाई आफ्नो व्यवसायको उदाहरण हेर्न सल्लाह दिन्छन् रुकुमका अमित

मुसिकोट नगरपालिका १ रुकुम (पश्चिम) का अमित परियार अहिले (हेयर कटिङ्ग) कपाल काट्न सिकाउने प्रशिक्षक भएका छन् ।
२०७२ साल देखि हेयर कटिङ्ग व्यवसाय संचालन गरेका परियारले अहिले पसल संचालन मात्र नभई स्थानीय गाउँघरमा युवाहरुलाई कपाल काट्ने तालिम पनि दिदै आएका छन् ।
पश्चिम रुकुममा अमितले झण्डै ३० जनालाई हियर कटिङ्ग तालिम दिई सकेको छन् । सामान्य तयार ३ महिना तालिम लिए पछि हियर कटिङ्ग व्यवसाय संचालन गर्न सकिने हुन्छ भन्छन् अमित ।
तिन महिनाको तालिम गराए बापत अमितले एक जनाबाट १० हजार सम्म तालिम शुल्क लिने गरेका छन् । आफुले सिकाएका प्रशिक्षार्थीले आफुलाई सर, गुरु, दाई भन्दा अत्यन्त खुसी लाग्ने अमित बताउँछन् ।


२०७२ साल अघि अमितले जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय रुकुमबाट हेयर कटिङ्ग तालिम लिने अवसार पाएका थिए । गाउँघरमा खासै रोजगारीको अवसर नभएकोले सामान्य गाउँघरमा गीत संगितमा लागेर दिन बिताउने अमितले तालिम पश्च्यात हेयर कटिङ्ग व्यावसाय संचालन गर्ने निर्णयमा पुगे ।
पहाडी जिल्ला रुकुममा केहि सानो तिनो व्यवसाय गरेर जिवन निर्वाह गर्ने सोचले भौतारी रहेका परियारले हेयर कटिङ्ग तालिम लिए पनि पसल खोल्ने शुक्को थिएन । सोहि समयमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट व्यवसाय गर्नेलाई स्वरोजगार ऋण उपलव्ध हुने जानकारी पाए पछि त्यसको खोजिमा लागेका थिए उनि ।
नभन्दै २०७२ सालमा पश्चिम रुकुम स्थित बिग्रेसाई कुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ लाख ऋण लिन सफल भए अमित । अनि सुरु गरे हेयर कटिङ्ग पसल । र समाजमा एउटा सफल स्वरोजगार युवा भनेर चिनिन सफल भए । उनले अहिले पसलको नाम अमित हेयर कटिङ्ग एण्ड ट्रेनिङ सेन्टर भनेर राखेका छन् ।


अमितको ४ जनाको परिवार छ । रुकुमा उनको सवैभन्दा राम्रो हेयर कटिङ्ग पसल छ । कपाल काटेको १०० रुपैयाँ लिन्छन् । दारी बनाएको ५० रुपैयाँ लिन्छन् । पसलमा कापाल काट्न आउने मानिसहरु पालो कुरोर बसेका देखिन्छन् ।
अमितलाई दिनभरी भ्याई नभ्याई हुन्छ । उनले त्यहि व्यवसायबाट बार्षिक भण्डै ४ लाख ५० हजार आम्दानी गर्ने गरेको बताउँछन् । त्यसैबाट बच्चा बच्चि पढाउने घर खर्च सवै पुग्छ रे । यहि व्यवसायबाट ठुली छोरीलाई १० कक्षा सम्म पढाई सकेको छन् अमितले ।
गाउँघरमा अमितको व्यवासय चलेको देख्दा सवै चकित पर्छन् । अमितले अहिले २ जनालाई आफ्नो पसलमा रोजगारी समेत दिएका छन् । सामान्य आफै स्वरोजगार मात्र बन्छु भन्ने सोचेका अमितले अरुलाई रोजगारी दिदा सारै खुसिलाग्ने गरेको बताउँछन् ।
हेयर कटिङ्ग पसल संचालन गरी सोरोजगार बन्नका लागि लिएको ऋण अमितले चुक्ता गरिसकेको बताउँछन् । त्यही ऋणले आफुलाई स्वरोजगार मात्र नभई एउटा असल हेयर कटिङ्ग प्रशिक्षक बनाउन सफल भएकोमा स्वरोजगार कोषलाई धन्यवाद समते दिन्छन् उनि ।


नेपालमा रोजगार छैन भन्नेलाई आफुले गरेको व्यवसायको उदाहरण हेर्न युवाहरुलाई सल्लाह दिन्छन् अमित । नेपालमै स्वरोजगार बन्ने प्रसस्त अवसर रहे पनि युवाहरु नबुझेर बाहिर जाने गरेको देख्दा आफुको चिक्त नबुझ्ने गरेको उनि भन्छन् ।
युवाहरु नेपालमा ८ घन्टा काम गर्न हिचकिचाउँछन् तर बिदेशमा १८ घन्टा काम गर्न जाने गरेको देख्दा नजिकको तिर्थ हेला भन्ने उखान चरितार्थ भए झै लाग्छरे अमितलाई ।
बाहिर अर्काको देशमा गरेको जति परिश्रम नेपालमा गरे स्वरोजगार बन्न मात्र हैन सुनै फलाउन सकिने कुरामा अमित बिश्वस्थ देखिन्छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*