१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

नेकपा स्थायी समिति बैठक अब पुस १ गते बस्ने

नेकपा स्थायी कमिटी बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओली पनि सहभागी थिए ।

मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् ।

उनले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने व्यहोराको पत्र पठाएका थिए । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*