७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नेकपा दाहाल नेपाल समुहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

सत्तारूढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समुहले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछन् । पुस ५ गते प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमकविरूद्ध दाहाल नेपाल समुहले पुस १० गतेदेखि आन्दोलनको घोषणा गरेको थियो ।

मङ्गलबार जनप्रदर्शनका साथ विरोध सभाको आयोजना गरेर पहिलो चरणको आन्दोलन सकेपछि आज पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसेर अर्को चरणको आन्दोलनको तयारी गर्न थालेका हुन् । आजै आन्दोलनको कार्यक्रम घोषणा हुने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिएका थिए ।

आज स्थायी कमिटीको बैठक बोलाइएको र दिउँसो ३ बजे दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताइएको छ । यसैबीच दाहाल नेपाल समूहले पुस १७ गतेभित्र सबै प्रदेश कमिटीहरूको बैठक, भेला सकिसक्ने निर्णय यसअघि, पुस ९ गते सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकले नै गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*