१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

नेकपा क्रान्तिकारी माओवादीका नेता गजुरेल सहित दर्जनौ पक्राउ

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल सहित दर्जनौ कार्यकर्तालाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ ।
कालापानी लिपुलेख क्षेत्रमा सीमा मिचिएको लगायत विषयलाई लिएर ज्ञापन पत्र बुझाउन जाने क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै उनी पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा सरकारलाई ज्ञापन पत्र बुझाउन जाने क्रान्तिकारी माओवादीको कार्यक्रम रहेको बुझिएको छ ।
उनिहरुलाई प्रहरीले काठमाडौको हनुमानथान नजिकैबाट पक्राउ गरिएको परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*