७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नेकपाले राष्ट्रिय सभा उमेदवारको नामावली टुङ्यायो : प्रवक्ता श्रेष्ठ गण्डकीबाट भिड्दै

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा उमेदवारको नामावली टुङ्गो लगाएको छ ।
लामो प्रयास पछि नेकपाको बैठकले कुन क्षेत्रबाट कस्लाई उमेदवार बनाउने भन्ने सहमती सहित टुङ्गो लगाएको नेकपा श्रोतले बताएको छ ।
उमेदवार बन्नेहरुमा प्रदेश १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अच्छामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवानलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश २ मा भने राजपासँग तालमेलको सहमति यस अघि नै गरिसकेको छ । त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकले नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई अन्यमा गण्डकी प्रदेशबाट उम्मेदवार बनाएको छ । श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेदवार बनाएको छ ।
प्रदेश न. ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक तर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ ।
बैठकले प्रदेश ६ मा अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता बि.सी.लाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेदवार बन्ने भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*