८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

नेकपाको दाहाल नेपाल पक्षको वागमती प्रदेश संसदीय दलको नेता अष्टलक्ष्मी चयन


सत्तारुढ नेकपाको पुष्पकमल दाहाल माधव नेपाल समुहले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाई अष्टलक्ष्मी शाक्य चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गरेको छ ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदनमात्र गरेको प्रदेश सांसद खड्काले जानकारी दिइन् । पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ ।

दलको बैठकमा पौडेलले सोधेको स्पष्टीकरणको जवाफ दिन नपर्ने बारे छलफल भएको उनले बताइन् । ‘११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको खड्काको दावी छ । तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*