६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

नेकपाका दुवै पक्षका छुट्टा -छुट्टै केन्द्रीय समिति बैठक आज

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसद भंग गरी मध्यावधि निर्वाचन मिति घोषणा गरेसँगै नेकपाको विभाजन निर्णायक चरणमा पुगेको छ । त्यही निर्णायक चरणका लागि आज ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले अलग अलग केन्द्रीय समिति बैठक बोलाइको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालछारा हस्ताक्षरित सोमबार जारी गरिएको विज्ञप्तिमा अर्का अध्यक्ष तथा प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न आज १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको जानकारी थियो ।

सोमबार प्रधानमन्त्रीले आफू निर्वाचित र कार्यकारी अध्यक्ष भएको भन्दै नेकपाको आधिकारिक निर्णयमा आफ्नो मात्र हस्ताक्षर हुनुपर्ने बताएका थिए ।

ओली पक्षीय केन्द्रीय समिति बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्नेछ । आजको बैठकमा ओली पक्षले दाहाललाई कारबाही गर्ने तयारी गरेको छ भने दाहाल नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाउने तयारी गरेको बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*