७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड बिच छलफल् , सभामुखबारे अझै टुङ्गो लागेन

नेपाल कम्यूनिष्ट पार्टीका दुई अध्यक्ष बिच सभामुख चयन लगाएतका राजनितिक बिषयमा छलफल भएको छ ।
प्रधामनमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार सभामुख चयन लगाएतका बिषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।
सभामुख चयन प्रक्रिया अन्योल पूर्ण अवस्थामा रहेको भन्दै त्यसलाई लम्ब्याउन नहुने र चाँडै निकास दिन चौतर्फि दवाब बढिरहेको बेला दुई अध्यक्ष बिचको छलफलले सभामुख छनोट प्रकृयाले चाँडै निकास पाउने सम्भावना बढेको छ ।
उपसभामुखलाई राजिनामा दिन लगाउने र सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्ष बिच पूर्ण रुपमा अन्तिम निक्यौलमा नपुगे पनि चाँडै सहमतिबाट यो समस्या टुङ्ग्याउने बिषयमा दुवै अध्यक्ष एकमत भएको स्रोतले बतायो ।
दलहरुमा राजनीतिक सहमति नभए सम्म आफुले राजिनामा नदिने अडान उपसभामुख सिवमाया तुम्बाहाङ्फेले राखेपछी सभामुख छनोटमा राजनीतिक तरंग उत्पन्न भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*