७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्रि के.पि. ओलीले गरेको संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौं केन्द्रित बृहत जुलुस सहितको विरोध–सभा गर्न लागेको हो ।
काठमाडौंका बिभिन्न नौ स्थानबाट जुलुस निकाल्ने तयारी भएको प्रचण्ड–नेपाल समुहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जुलुस पछिको विरोध–सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
आज गर्न लागिएको विरोध प्रदर्शन, नेकपाको मात्रै नभएर संघीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रगमनका पक्षधरहरूको साझा आन्दोलन रहेको संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ ।
बर्तमान संविधान र अग्रगमनका पक्षमा रहेका सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल, लगाएतलाई बिरोध सभामा उपस्थितहुन अव्हान समेत गरिएको छ ।
यो समूहले यस अघि पुष १४ मा काठमाडौं केन्द्रित बिरोध सभा एवं शक्ति प्रदर्शन गरिसकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*