६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

निलम्बित सांसद चौधरी जसपाको आदिकारिकता विवादमा तठस्थ बसे

निलम्बित सांसद रमेश चौधरी जनता समाजबादी पार्टीको विवादमा तठस्थ बसेको बताएका छन् ।
जसपाको केन्द्रीय कायकारिणी सदस्य समेत रहेका चौधरीले आफू पार्टीको बफादार सिपाही रहेकोले पनि आधिकारिकताको विवादमा तठस्थ बसेको बताएका हुन् ।
डिल्ली बजार स्थित केन्द्रीय कारागारबाट निर्वाचन आयोगमा पुर्याईएका चौधरीले पार्टीको आदिकारिकता विवादमा पक्ष वा विपक्षमा सनाखत गर्न आफुको नियत र नैतिकताले नदिएको बताएका हुन् ।
निर्वाचन आयोगबाट बाहिरिदै पत्रकारहरु संग उनले पार्टी एक भएर अगाडी बढेको हेर्ने आफ्नो चाहना रहको धारणा व्यक्त गरेका छन् ।
जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष बिच पार्टीको आदिकारिकताको बिषयमा भएको विवादको पक्ष र विपक्षमा हस्ताक्षर गर्न दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए ।
जम्मा ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपामा ३४ जना उपेन्द्र यादव पक्षमा छन् भने १६ जना महन्थ ठाकुरको पक्षमा छन् । एक जना रमेश चौधरी मात्र तठस्थ बसेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*