६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

नयाँ कोरोना फैलिएपछि भारतको राजधानी दिल्लीमा कर्फ्यु घोषणा

कोरोना भाइरसको नयाँ स्वरुप फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ।

अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा भीडभाड गर्दा महामारी झनै फैलने भन्दै दिल्ली आपतकालिन प्राधिकरण डीडीएमएले आज राती डिसेम्बर ३१ र भोलि जनवरी १ को रातभर कर्फ्यु गराउने घोषणा गरेको हो।

डीडीएमएले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने जानकारी दिएको छ। नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने भएको छ।

म्युटेसन भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्।

नयाँ स्ट्रेन यसअघिको भन्दा ८० गुणा धेरै संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*