६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

नेपालको जनसंख्या सार्वजनिक, जनसंख्या वृद्धिदर घट्यो

नेपालको जनसंख्या झण्डै ३ करोडको हाराहारीमा पुगेको छ ।
केन्द्रीय तथ्यांक बिभागले २०७८ को जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४८० पुगेको जनाएको छ ।
बुधबार बिभागले सार्वजनिक गरेको प्ररम्भिक नतिजामा नेपाको जनसंख्याको वृद्धिदर ०.९३ प्रतिशतले घटेको जनाएको छ । सार्वजनिक गरिएको यो जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम हो ।
यस अघि २०६८ को जनगणना अनुसार नेपालको जनसंख्याको वृद्धिदर १.३५ प्रतिशत रहेको समेत बिभागले जनाएको छ ।
बिभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको उल्लेख छ ।
बिक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
नेपालमा विक्रम संवत १९६८ सालमा पहिलो जनगणना गरिएको थियो । पहिलो जनगणनामा नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको केन्द्रीय तथ्यांक बिभाग संग तथ्यांक छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*