१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको दिगो र प्रभावकारी उपाय प्राथमिक तह बाटै दिईने शिक्षा

बसन्त योगी :
हरेका बर्ष झै यस बर्ष पनि नेपालमा बजेट भाषण प्रस्तुत भयो । नेपाल सरकारका अर्थ मन्त्री बिष्णु पौडेलले लामो समय लगाएर आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरे । धेरैले अ–आफ्नै चाहाना र क्षेत्रमा बिनियोजित बजेटमा ध्यान केन्द्रित गरी बजेट भाषण सुने । सरकारले प्रस्तुत गरेको बजेट शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकता दिईएको पाईयो । यो एउटा सकारात्मक कुरा हो ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ । त्यहि दिर्धरोगलाई नियन्त्रण गर्न र यसबाट नेपालमा मृत्युदर घटाउन सरकारले यस बर्ष पनि मदिरा, धुम्रपान तथा सुर्तीजन्य पदार्थमा करको दायरा बढाएको छ । आ.ब. २०७८/७९को बजेट भाषणमा सरकारले यसमा २५ प्रतिशतले कर बढाएको हो । यसको एउटै मात्र उदेश्य यसको सेवन कर्ताहरुलाई निरुत्साहित गर्नु हो । अन्य कर भन्दा यसमा कर बढाउँदा सर्वसाधारणहरु यसलाई खरिद गर्न नसक्ने कारणले सेवन कर्ता घट्ने आम बुझाई हो ।
तर कर बढाएर मात्र धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा कमि आउँछ भन्नु त्यति सादर्भिक मानिदैन् । नेपालमा सुर्तीजन्य पदार्थको निर्माण, बिक्रिबितरण बन्द गर्नु सवैभन्दा उत्तम बिकल्प हुन सक्छ । यदि यो सम्भव नभए यसको नियन्त्रण र नियमनमा बिशेष सावधानी अपनाउन जरुरी छ । यसको किन बेच गर्ने स्थान र कति उमेर समुहकालागि यसको पहुँच हुने भन्ने कुरामा राज्यले बिशेष ध्यान दिनु पर्दछ । यत्र तत्र किन बेच हुँदा बालबालिकाहरुको पहुँच सजिलै हुन सक्छ । यसका लागि निश्चित स्थान, किन्ने मानिसको उमेर र बिक्रेताले कुन उमेर समुहकालागि मात्र बेच्ने भन्ने नीति नियमको निर्माण संगै कार्यान्वयनमा सरकार बिशेष योजनाका साथ लागे यसको नियन्त्रणको अर्को र सफल उपाय हुन सक्छ ।
नेपालमा शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकता दिएर अगाडि बढाईनु पर्दछ । उमेर पुगेर लिईने शिक्षा भन्दा कलिलो उमेरमा लिईने शिक्षा बिशेष र महत्व पूर्ण मानिन्छ । कलिलो मुनाहरु बाटै सुरु गरिएको शिक्षाले दिगो र प्रभावकारी परिणाम ल्याउन सक्नेमा दुईमत छैन । त्यसैले हरेका बुवा आमाले आफ्ना सन्तानलाई टुकुर टुकुर हिडन थाले पछि शिक्षाका लागि योजना बनाउन थाल्दछन् । हो त्यहि योजना अन्तर्गतको शिक्षालाई स्वस्थ्य संग जोडेर अगाडी बढाउँदा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण र प्रभावकारी योगदान पुग्दछ ।
पछिल्लो समय नेपालमा (Teen Age)का बालबालिकाहरुमा धेरै परिवर्त आएको देखिएको छ । बढ्दो प्रबिधी प्रयोगमा इन्टरनेट, मोवाईल, सामाजिक सञ्जाल जस्ता कुराले बालबालिकाको मस्तिकमा दुवै खाले प्रभाब पारेको देखिन्छ । बालबालिकामा चढ्दो यौवन संगै प्रबिधीको गलत प्रयोग भएको पनि पाईएको छ । यो अवस्थामा बिशेष गरी (Teen Age) अर्थात १३ देखि १९ बर्ष सम्मका बालबालिकालाई कुलतबाट बजाउन अभिभावकको बिशेष भुमिका रहन्छ ।
अहिले स्कूल, कलेज पढ्न जाने बालबालिकाहरु ड्रेसमै धुम्रपान सेवन गरिरहेका भेटिन्छन् । यो एउटा देशको भबिश्यको लागि नराम्रो संकेत हो । यसबाट बालबालिकालाइ रोक्न सक्ने पहिलो अस्त्र शिक्षा हुन आउँछ ।
अर्को तर्फ अभिभावकले घरमा बालबालिकाको छेउमा धुम्रपान वा मध्यपान गर्दा त्यसको मानसिक रुपमा असर बालबालिकालाई पनि पर्दछ । त्यस्तै सुर्तीजन्य पदार्थ पसल सम्म किन्न पठाउँदा पनि बालबालिकाको मस्तिष्कमा नराम्रो छाप पर्दछ । यसप्रति पहिलो सजगता अपनाउने व्यक्ति अभिभावक नै हुनु पर्दछ ।
टेलिभिजन, पत्रपत्रिका, रेडियो, होरीङबोर्ड, व्यानर जस्ता कुराहरुमा खुलम खुल्ला सुर्तीजन्य पदार्थको प्रचार प्रसार गर्दा पनि बालबालिकाको मष्तिस्कमा नराम्रो असर पर्दछ । यस्ता खाले प्रचार प्रसारमा पनि सरकारले बिशेष सावधानी र नियन्त्रणमा ध्यान पुर्याए बालबालिकालाई यस प्रतिको प्रभावबाट बचाउन सकिन्छ ।
विश्वभर हरेक बर्ष सुर्तीजन्य पदार्थको सेवनबाट लाखौं मानिसले ज्यान गुमाउने गर्दछन् । त्यस बाट बचाउन र यसको सेवनलाई निरुत्साहित पार्न नेपाल सहित विश्वभर मे ३१ मा विश्व धुम्रपान रहित दिवस मनाउँदै आईएको छ ।
नेपालमा यस बर्ष पनि बिगतका झै विश्व धुम्रपान रहित दिवस मनाईएको छ । यो दिवसमा यस बर्षको नारा “सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस् : कुलत त्याग्नेहरू नै वास्तविक विजेता हुन” भन्ने थियो ।
धुम्रपान दिवस मनाउनुको मुख्य उदेश्य धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट हुने मृत्यु दरलाई घटाई तथा स्वस्थ समाजको निर्माण गर्नु हो । नारा हेर्दा कुलत त्याग्ने नै वास्तविक विजेता हुन् भन्ने छ । यो सत्य पनि हो । तर कुलतमा लागेका मानिसलाई भन्ने बित्तिकै छुटाउनु भन्ने कठिन कुरा हो ।
भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम कुरा हो । त्यसैले सुर्तीजन्य पदार्थको कुलतमा फसेकालाई छुटाउन राज्यले पहल गर्नु भन्दा पहिला हाम्रो शिक्षा मार्फत यस्ता पदार्थको सेवनबाट पर्ने असरका बारेमा बालबालिको मस्तिष्कमा नै प्रबेष गराउन जोड दिनु नै बढी प्रभावकारीता हुने देखिन्छ ।
नेपालमा वर्षेनी २७ हजार १३७ व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको भनाई छ । पछिल्लो समय बिश्वमा देखिएको कोरोना भाईरसको सङ्क्रमणले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने गरेको तथ्याङ्कहरु बहिरिरहेका छन् ।
वरिष्ठ कार्डियोलोजिष्ट डा. ओममुर्ती अनिलले अहिले (कोभिड–१९) का कारणले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन कर्ता घटेको अनुभाव सुनाउँछन् । कोरोना भाईरस संक्रमितबाट मृत्यु हुनेहरु बढि धुम्रपान गर्ने व्यक्ति रहेको समेत स्वास्थ्य बिशेषज्ञहरु बताईरहेका छन् । डा.मुर्ती भन्छन् “धूम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउछ” “यस्ता पदार्थको सेवन छोडे एक देखि नौ महिनासम्म खोक्ने र छिटो छिटो सास फेर्नमा सुधार आउँछ” । उनि अगाडी भन्छन् यस्ता कुलत छोडे मानिसलाइ फोक्सोको क्यान्सर तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना समेत घटेर जान्छ ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट विश्वमा बर्षेनी करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको भनाई छ । गर्भवती महिलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा गर्भमा रहेको बच्चालाई समेत असर गर्ने भएकाले गर्भवती महिलालाई यसको सेवन नगर्न डाक्टरहरु बिशेष सल्लाह दिदै आएका छन् । यसबाट बचाउने प्रमुख उपाए शिक्षा तथा जनचेतना नै हो ।
बिश्वमा लागुऔषतको कारोबार तथा यसको सेवन हटाउन करोडौं बजेट खर्च भइरहेको हुन्छ । तालिम, सेमिनार, गोष्ठी, चेतनामुलक सामग्री निर्माण, बिभिन्न संचार माध्यम रेडियो, टिभी, पत्रपत्रिका, लगाएतमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुने असरका बारेमा सन्देश प्रसारण भइरहेको हुन्छ । तर यसको प्रयोग भने अपेक्षित रुपमा घटेको भने पाईदैन । त्यसैले यस्ता पदार्थको सेवनको अन्यकालागि लामो र दिर्घकालिन योजना बनाउन जरुरी छ । यसको पहिलो बिकल्प प्राथमिक तहमै धुम्रपान, सुर्तीजन्य पदार्थको सेवनलाई रोक्ने शैक्षिक सामग्री र पाठ्ठेक्रम बनाउन आवश्यक छ ।
सानै उमेरमा बालबालिकाको मस्तिष्कमा सुर्तीजन्य पदार्थ तथा धुम्रपान प्रति नकारात्मक छाप छोड्न सफल भए भविश्मा यसको सेवनमा कमि आउने बालबिज्ञहरु बताउँछन् । आजका बालबालिका भोलिका यस्ता पदार्थको सेवन कर्ता हुन सक्ने भएकाले आजै सजक भएर आफ्ना बालबालिकालाई यस्ता कुराबाट बच्ने शिक्षा र ज्ञान दिन समेत बिज्ञहरु सुझाउँदै आएका छन् ।
पछिल्लो समय समाजमा यौन हिंशा तथा बलात्कारका घटना बढेको बिभिन्न संचार माध्यममा खवर आईरहेका हुन्छन् । त्यसमा बिशेष गरेर अवोध बालिकाहरु यौन हिंशाको शिकार भैरहेका छन् । यसको प्रमुख कारण मादक पदार्थ तथा सुर्तीजन्य एवं लागु औषध सेवनलाई मानिएको छ । लागुऔषधको सेवनमा पनि Teen Ager यूवाहरुको संलग्नता उल्लेख भेटिएको छ ।
छिमेकी देश भारत संग सिमा जोडिएका क्षेत्रहरुका नेपाली यूवाहरु सिमा पारी लागुऔषध सेवनका लागि जाने गरेको संख्या ठुलो रहेको नेपाल प्रहरीको भनाई छ । त्यस्ता प्रयोग कर्तालाई नियन्त्रणमा लिएर गरिने कारवाहीले मात्र समस्यालाई न्यूनिकरण गर्न सकिनेमा प्रहरी स्वयं बिश्वस्त छैन । यसबाट यूवाहरुलाई बचाउन र सामाजिक अपराध न्यूनिकरण गर्न प्राथमिक तहमा शिक्षा र चेतना मुलक कार्यक्रम नै महत्वपुर्ण आधार हुन आउनेमा नेपाल प्रहरी पनि जोड दिदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*