६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्चले परमादेश जारी गर्यो

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको हो ।
आज भएको फैसलामा देउवालाई दुई दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न समेत भनिएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा दोस्रोपटक तिनिधिसभा विघटन गरेकी थिइन ।
बिघटन लगतै सर्वोच्चमा ३० वटा मुद्दा परेका थिए । सोहि मुद्दालाई संवैधानिक इजलासले सुनुवाई गर्दै देउवालाई प्रधानमन्त्री नियुक्तिकालागि परमादेश जारी गरेको हो ।
देउवाले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्चमा प्रधानमन्त्री नियुक्तिकालागि निवेदन दर्ता गराएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*