१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दुर्घटनामा परि घाइते बाराका प्रजिअको निधन




६, फाल्गुन , काठमाडौं – बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार (आज) काठमाडौमा निधन भएको छ । दुर्घटनामा परी घाइते भएका उनकोे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।
गएको माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।
सोही दुर्घटनामा परि सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको घटनास्थलमा नै निधन भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*