१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दुध बेचेरै बार्षिक झण्डै ५ लाख कमाउँछन् रामेछापका तेजबहादुर


रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ भण्डारका तेजबहादुर श्रेष्ठ व्यवस्थापनमा स्नातक उत्र्तिन छन् । रामेछाप देखि भण्डै ४ घन्टाको समयमा श्रेष्ठको घरबाट काठमाडौं आइपुगिन्छ ।
माध्यामिक तहको शिक्षा पछि उच्च शिक्षा पढ्ने सोचले श्रेष्ठ काठमाडौं छिरेका थिए । उच्च शिक्षा पढ्ने सोचका साथ काठमाडौं छिरेका उनि २०४६ सालमा काठमाडौंको पुतलि सडक स्थित शंकरदेब क्याम्पसबाट व्यवस्थापनमा स्नातक उत्तिर्ण गरे ।
सानै देखि व्यापार व्यवसायमा चासो राख्ने तेजबहादुर व्यापार व्यवसाय सम्वन्धी ज्ञान लिन पनि व्यवस्थापन तर्फको शिक्षामा मन लगाएका हुन् ।
स्नातक पास गरेका उनि जागिरको चक्करमा नलागी रामेछाप फर्र्र्किए र व्यापार गर्ने योजना तिर लागे ।
जागिर भन्दा व्यापार व्यवसाय गर्दा स्वतन्त्र र सजिलो हुने भएकोले पनि आफु जागिर नखाई कुनै व्यवसाय गर्ने योजना बनाएको श्रेष्ठको भनाई छ ।
स्नातक गरेर घर फर्किए पछि श्रेष्ठले स्थानीय रामेछापमै बसेर जर्सी तथा लोकल गाई पालन सुरु गरे । गाई पालनबाट राम्रै आम्दानी हुने देखियो ।
आफुले पालन गरेको गाईको संख्या बढाउने तथा अझ उन्नत जातका गाई पाल्ने उनको सोच पलाउँदै गयो । थोरै भए पनि ऋणको जोह गरेर उन्नत जातका गाई पाल्ने र यसैबाट भएको आम्दानीले जिवन निर्वाह गर्ने सोच श्रेष्ठमा बढ्दै गयो ।
नभन्दै श्रेष्ठलाई २०७३ सालमा थप उन्नत जातका गाई पालन गर्न भनेर २ लाख ऋण मिल्यो । स्थानीय रमेछापकै समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिलेको ऋणले तेजबहादुरले उन्नत होलस्टन जातको दुई वटा गाई किने र पालन सुरु गरे ।
यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको योजना अन्र्तगत स्थायीन सहजकर्ता कुमार श्रेष्ठले ऋण उपलव्ध गराउन सहजिकरण गरेको उनको भनाई छ ।
अहिले बिहान उठे देखि गाईलाई कुडो, घाँस, पानी खुवाउनु, गोठ सफा गर्नु, गाई दुहुनु र दुध बेच्न लैजानु श्रेष्ठको नियमित कर्म बनेको छ ।
तेजबहादुरले दैनिक १६ लिटर दुध बेच्दै आएका छन् । दुध प्रति लिटर ७० रुपैयाँमा बिक्ने उनको भनाई छ । दुध बेचेरै अहिले बार्षिक झण्डै ५ लाख बराबारको आम्दानी हुने गरेको तेजवहादरको भनाई छ ।
उन्नत होलस्टन जातका गाई पालेर राम्रो आम्दनी गरीरहेका श्रेष्ठ रामेछाप जिल्लामै सफल व्यवसायीका रुपमा चिनिन्छन् ।
“गाई पलन गर्न खासै तालिम लिएको छैन्, तर पनि गाउँघरमा पाल्ने जसरी यो उन्नत जातको गाई पालन सुरु गरेको राम्रै भईरहेको छ” तेजबहादुर भन्छन् ।
उनि अगाडी भन्छन् “अहिले गोठको थप व्यवस्थापन मिलाउँदै छु” । बच्चा पाउने गाईलाई सहज होस भनेर र दुध दिने गाईलाई अफ्ठेर नहोस भनेर गोठलाई अलि व्यवस्थित बनाउन लागेको श्रेष्ठ भन्छन् ।


घरमा परिवार संगै स्वरोजगार भएर जिवन बिताई रहेको तेजबहादुर अरु गाँउघरका यूवाहरुलाई पनि आफ्नै ठाउँमा व्यवसाय गरेर स्वरोजगार बन्न सुझाउँछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*