१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

दाहाल नेपाल समुहले ओलीलाई सोधेको स्पष्टिकरण बालुवाटारमा बुझायो


नेकपा दाहाल नेपाल समूहका नेताहरुले केपी ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो ।

त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*