१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

दाहाल नेपाल समुहको प्रश्न : नेकपाको विवाद समाधान विना कसरी निर्वाचन हुन्छ ?


नेकपाको दाहाल नेपाल समूहले पार्टी विभाजको विवाद समाधान नभएसम्म निर्वाचन हुन नसक्ने राय निर्वाचन आयोगलाई दिएको छ । निर्वाचन आचारसंहिताबारे आयोगले राजनीतिक दलसँग राखेको छलफलमा विभाजनको विवाद निरुपण नभएसम्म निर्वाचन हुन नसक्ने मत आफूहरूले राखेको दाहाल नेपाल समूहका प्रतिनिधि लीलामणि पोखरेलले जानकारी दिए ।

राजनीतिक दलको चुनाव चिन्ह र पार्टीको आधिकारिकताको दाबी २० माघबाट सुरु हुने तर्क पोखरेलले बताए । आयोगले ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेकाले पार्टीको बहुमत केन्द्रीय सदस्य आफ्नो समूहमा रहेकाले आधिकारिकताको विषयमा विवाद गर्न कुनै जरुरी नरहेको तर कानुनी रुपमा आयोगले टुंगो नलगाएसम्म र अदालतको फैसला नआएसम्म निर्वाचन हुन नसक्ने उनको तर्क छ ।

निर्वाचन आयोगले सबै निर्वाचनमा काम लाग्नेगरी आचारसंहिता बनाएको जानकारी गराएको उनले बताए । निर्वाचन आयोगले प्रचार सामग्रीलाई नियन्त्रित गरेको, खर्च व्यवस्थालाई नियन्त्रण गरेपनि हेलिकप्टर चार्टर गरी प्रचारमा जान पाउने सुविधा दिएको उनले बताए ।

दलको ६४ प्रतिशत मत भएकालाई आधिकारिकता नदिई वा विभाजनबारेको विवाद निरुपण नगरी निर्वाचन कसरी हुन्छ भन्ने प्रश्नको जवाफ आयोगले दिन नसकेको पोखरेलको तर्क छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*