१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

दाङमा बिपत घटनालाई मध्यनजर गर्दै अर्लिवार्निङ सिष्टम प्रबिधि जडान गरिदै

३० , बैशाख, दाङ । मुलुकमा बिपतका घटना बढि रहेको बेला त्यसको जोखिमबारे पुर्व जानकारीका लागि दाङ जिल्लामा डिजिटल प्रबिधि यूक्त अर्लिवार्निङ सिष्टम प्रबिधि जडान गरिने भएको छ ।
समान्य प्रबिधिबाट बिपतको जोखिम बारे थाहापाउने प्रक्रिया खासै प्रभावकारी नदेखिएपछी आ.ब. २०७५/०७६ देखि जिल्लामा आपतकालिन सचालन केन्द्रको कार्यालयबाटै थाहा पाउन यो सिष्टम जाडान गर्न लागिएको हो ।
डिजिटल प्रबिधि यूक्त अर्लिवार्निङ सिष्टम जडान भए पछि दाङमा बिपत जोखिम र आपतकालिन अबस्थाका बरेमा कार्यालयबाटै जानकारी प्राप्त गर्न सकिने प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।
दाङ जिल्लाका जोखिम युक्त बस्तिहरुलाई मध्यनजर गर्दै एक महिना भित्र सो सिष्टम जडान गरि सक्ने लक्ष्य कार्यालयको रहेको छ ।
जडान गरिने सिष्टमको मुख्य मनिटर बिपत ब्यबस्थापन समितिको कार्यालय, जिल्ला प्रसासन कार्यालयमा रहनेछ । त्यस्तै जिल्ला स्थीत नेपाल प्रहरी र शसस्त्र प्रहरीको कार्यालयमा पनि यो सिष्टम जडान गरिने छ ।
दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका , लमही नगरपालिका तथा पश्चिम दाङमा बवई गाउँपालिका र तुल्सीपुरको मोतीपुर क्षेत्र विपतको उच्च जोखीममा रहेको स्थान हुन् ।
दाङ जिल्लामा जलाधार क्षेत्र अन्तर्गत राप्ती नदि तथा बिभिन्न खोलाहरुको जोखिम बढि रहेको छ ।
त्यसैगरी दाङको लमहीमा आ.ब. ०७५/०७६ देखि प्रदेशस्तरीय आपतकालीन गोदाम घरको निर्माणको प्रक्रिया शुरु गरिएको छ । गोदाम घरमा विपत व्यवस्थापन तथा विपत पूर्वका तयारी तथा प्रतीकार्यका लागी चाहीने आवश्यक सामाग्रीहरु राखीने प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*