१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

दाङमा प्रदेश एक्सपो हुँदै

दाङ । प्रदेश न. ५ का भैतिक योजना तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले प्रदेश सरकारले गरेका कामका वारेमा नागरिकलाई सुसुचित गर्ने उदेश्यले दाङ जिल्लामा प्रदेश एक्सपो गर्न लागिएको बताएका छन् ।
दाङको घोराहीमा बुधबार पत्रकारहरु संग छलफल गर्दै मन्त्री के.सी. प्रदेश न. ५ का जनताले अपनत्व महशुस गर्ने गरी कार्यक्रम गरिने बताएका हुन् । जनताले चाहे जुनसुकै काममा सफल भईने भन्दै प्रदेश एक्सपो पनि सफल हुने मन्त्री के.सी.ले बिश्वास व्यक्त गरे ।
दाङको वेलझुन्डीमा आउँदो फागुन १०, ११ र १२ गरीने प्रदेश एक्सपोमा सरकारी निकायबाट ५० स्टल र निजी क्षेत्रवाट ५ सय गरी करिव ५ सय ५० स्टलहरु राखिने छ ।
यसैगरी प्रदेश ५का १२ जिल्लाका समन्वय समिती, प्रदेश मातहतका कार्यालय पालिकाका गरी करिव ९ सय ९१ अतीथिलाई दाङमा स्वागत गरिने छ ।
अतीथि व्यवस्थापनका लागि १२ जिल्लाका हेल्पडेक्स स्थापना गरी हरेकले आ–आफनो जिल्लाका अतीथिहरुको आवास भोजन तथा अन्य व्यवस्थापन गर्ने गरी जिम्मेवारी मिलाइने भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*