१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

दशैंलाई मध्यनजर गर्दै असोज ४ गते देखि नयाँ नोट साट्न पाईने

नेपाल राष्ट्र बैंकले यस बर्ष दशैंलाई लक्षित गरेर नयाँ नोट बितरण गर्ने तैयारी गरेको छ ।
आउँदो असोज ४ गते देखि नयाँ नोट सर्वसाधारणका लागि वितरण गरिने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले बताएका छन् ।
राष्ट्र बैंकको बालुवाटार कार्यालय तथा ७ प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट बितरणको तैयारी समेत भएको कार्यकारी निर्देशक नेपालले जाकारी दिए ।
बिभिन्न बर्गका बाणिज्य, विकास बैंक, फाईनान्स कम्पनी तथा बैंकिङ कारोबार गर्ने संस्थाहरुले दशैंका लागि सर्वसाधारणहरु लाई मध्यनजर गर्दै नयाँ नोट लगिरहेको समेत निर्देशक नेपालले बताए ।
यस पटकको दशैंका लागि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट साट्न पाउने छन् ।
बिगतका बर्षहरुमा जस्तो नयाँ नोट साट्न हुने भिड–भाडलाई मध्यनजर गर्दै यस बर्ष राष्ट्र बैंकले आफ्ना क्षेत्रिय कार्यालयहरुलाई पनि नयाँ नोट साट्न पाउने व्यावस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
कोरोनाको संक्रमणका कारण राष्ट्र बैंकले गत बर्षको दशैंमा नयाँ नोट साटेको थिएन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*