७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

दलबल सहित प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा


प्रधानमन्त्री केपी ओली मंगलबार निर्वाचन आयोग पुगेका छन्। वैशाख १७ र २७ गते हुने चुनावको तयारीका विषयमा जानकारी लिन प्रधानमन्त्री, उपप्रधानमन्त्री, अर्थमन्त्रीसहित नेताहरू आयोग पुगेका छन्। यसअघि नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड- नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरे पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् । नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको अध्यक्षता पुष्पकमल दाहाल र माधव नेपालले गरेका छन् भने अर्को समूहको प्रधानमन्त्री ओलीले गरेका छन्।

यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ। वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो। आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*