५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

दलका केन्द्रीय पदाधिकारीलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दलका केन्द्रीय पदाधिकारीलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

आयोगको बिहीबार बसेको बैठकले १५ बुँदे निर्देशन जारी गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण बुझाउन भनेको हो ।

साथै आयोगले निर्देशनमा निर्वाचित भएको व्यक्तिले आफ्नो सम्पत्ति विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष बुझाउनु पर्ने छ र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण निर्वाचन आयोगमा पेस गर्न भनेको छ ।

यस्तै आयोगले कुनै दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन तथा पदाधिकारीको हेरफेर भएका विषयको पनि ३० दिनभित्र आयोगमा जानकारी गराउन भनेको छ ।

त्यस्तै दलहरूलाई आय र व्ययको वास्तविक हिसाब किताब बैंकमार्फत देखिने गरी तोकिएको ढाँचामा कानुन बमोजिम लेखा परिक्षण गराई लेखाको विवरण राख्न पनि निर्देशन दिएको छ

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*