५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

तीजको उपहार : पेट्रोलियम पदार्थमा मूल्य वृद्धि (लिस्टसहित)

हिन्दु नारीहरुको महान पर्व तीजको मेलो पारेर नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा वृद्धि गरेको छ । निगमले पछिल्ला प्रत्येक महिनाहरुमा मूल्य बढाउँदै गएको हो ।

आयल निगमको शुक्रबार बसेको बैठकले इण्डियन आयल कर्पोरेशनबाट भाउ बढेर आएको भन्दै राति १२ बजेबाट नयाँ मूल्य लागू गराएको छ । मूल्य समायोजन गराउने क्रममा पेट्रोल र डिजल र मट्टितेलमा १ र ३ रुपैयाँ वृद्धि गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

जसअनुसार नयाँ मूल्य दरमा अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०।५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०।५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ कायम गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*