१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

तपाईलाई ग्याँस्ट्रिक छ ? ख्याल नगर्नु ज्यान जान सक्छ

हिरा बस्नते (योगी)

नेपाली जिवन शैलीका कारण अधिकांस मानिसमा ग्यास्ट्रिक हुने गर्दछ । ग्याँस्ट्रिक हुनुको प्रमुख कारण भनेको असन्तुलित र मसालेदार खानपिनकै कारण हो ।
समयमा खाना नखनु तथा बढि चिल्लो पिरो तथा तारेका खानेकुराहरु एवं बाहिर प्याकेटमा रहेका खाने कुराले मानिसमा ग्याँस्ट्रिक निम्त्याउँछ ।
प्रयाप्त मात्रामा शरिरलाई चाहिने जति पानी न पिउँनु, अनिदो बस्नु तथा लामो समय सम्म भोक भोकै बस्नुले पनि मानिसलाई ग्याँस्ट्रिक हुन्छ ।
ग्याँस्ट्रिक लामो समय सम्म रहिरहयो तथा यसको समयमै उपचार गरिएन भने मान्छेमा यो संगै अन्य रोगले आक्रमण गर्न सुरु गर्दछ ।
लामो समय सम्म ग्याँस्ट्रिक रहिरहयो भने अल्सर तथा क्यान्सर हुने सम्भाबना बढ्दै जान्छ ।
त्यसैले ग्याँस्ट्रिक छ भने समयमै डाक्टर संग जाँच गराई हाल्नु पर्दछ । डाक्टरको सल्लाह अनुसार औषधी सेवन गर्नु पर्दछ ।

के हो ग्यास्ट्रिक (अमलपित्त):
आमाशयको भित्री भागमा इन्फ्लामेसन (Inflammation) हुनुलाई अमलपित्त (ग्यास्ट्रिक) भनिन्छ । सामान्य भाषमा यसलाई ग्यास्ट्रिक भनिन्छ । तर ग्यास्ट्रिक शब्द रोग नभई शरिर गत अँग आमाशयलाई बुझनु पर्दछ । उक्त आमाशय हुने सुजन वा (Inflammation) लाई (Gastritis) भनिन्छ ।
ग्यास्ट्रिक अमलपित्तको अँग्रेजी नाम हो ।

अमलपित्त हुनुका कारणहरु :
1. समयमा खाना नखानु
2. खालि पेट लामो समय सम्म रहनु
3. मसालेदार खानाको उपभोग गर्नु
4. जाडरक्सीको सेवन गर्नु
5. NSAIDS अर्थात विभिन्न प्रकारका दुखाइ कम गर्ने औषधीको सेवन गर्नु
6. व्याक्टेरिया (Helicobacter pylori)

अमलपित्त हुनुका प्रमुख लक्षणहरु :
1. खानामा अरुची हुनु
2. अमिलो डकार आउने
3. वाकवाकी लाग्ने
4. बान्ता हुने
5. पेट दुख्ने
6. चक्कर आउने
7. टाउको दुख्ने आदी

अमलपित्त (ग्याँस्ट्रिक) रोकथामका उपायहरु :
1. नियमित रुपमा खाना खाने र खाना खादा चपाएर खाने गर्नुपर्छ
2. कम मसला युक्त खानेकुराहरु खाने
3. खानामा हरियो सागपातहरु पनि समावेश गरेर खाने
4. जाँडरक्सी आदीको लत त्याग्ने
5. थोरै तर पटक पटक खाने बानी बसाल्ने
6 बिहान खालि पेटमा १ गिलास मनतातो पानी पिउने ।

अमलपित्तमा खान हुने खाद्य पदार्थहरु :
1. हरियो सागपात
2. फर्सी, धनिया, मुँगको दाल
3. पुरानो अन्न
4. गाइको दुध
5. अनार, अँगुर
6. नरिवलको पानी

अमलपित्तमा खान नहुने खाद्य पदार्थहरु :
1. मासको दाल
2. गहतको दाल
3. धेरै पिरो, चिल्लो र मसलादार खाना
4. जाडरक्सी, धेरै मासु, धुम्रपान

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*