१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

डा. महतको नेतृत्वमा काँग्रेसको एक टोली भारत प्रस्थान

नेपाली काँग्रसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृव्वको एक टोली (आज) बिहीबार भारत प्रस्थान गरेको छ ।
भारतीय जनाता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेसको यो टोली भारतको राजधानी नयाँदिल्ली गएको हो ।
टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदय शम्शेर राणा रहेका छन् ।
सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका बेला भाजपाले पनि भारत भ्रमणको निम्तो दिएको थियो ।
झण्डै पाँच दिनको भ्रमणका क्रममा डा.महतको टोलीले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्री लगाएत संग भेट गर्ने कार्यक्रम रहेको काँग्रेस श्रोतले जनाएको छ ।
भ्रमण आदानप्रदानले दुई देश बिचको समझ्दारी र एक अर्काप्रतिको बुझाइमा सहयोग पुरर्याउने एवं नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग पुग्ने बिश्वास गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*